मुम्बई (एजेन्सी):= बिहेपछि महिलाको शरीर भद्दा हुन्छ भन्ने आम सोच रहेको छ । तर अब त्यस्तो छैन । लामो समय बिहे सम्बन्धमा रहेर अलग भएपछि भर्खरका युवतीलाई पछि पार्न सक्छन् । आज हामी त्यस्ता केही अभिनेत्रीहरुबारे कुरा गर्न गइरहेका छौँ ।

दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले नागा चैतन्यसँग सम्बन्धविच्छेद गरिन्, किनभने उनी स्वतन्त्र रूपमा बाँच्न चाहान्थिन् ।

अभिनेता अरबाज खानसँग अलग भएपछि मलाइका अरोडाको व्यवहारमा परिवर्तन आएको छ । उनी बलिउडकी बोल्ड सुन्दर अभिनेत्री बनेकी छिन् । मलाइकाको बोल्ड स्टाइल दिनहुँ देखिने गर्छ ।

चर्चित टिभी अभिनेत्री जेनिफर विङ्गेट अभिनेता करण सिंह ग्रोवरसँग अलग भएपछि नयाँ शैलीमा जीवन बाँचिरहेकी छिन् ।

टिभी अभिनेत्री श्वेता तिवारीले दुई विवाह गरिन् । तर दुबै बिहे टिक्न सकेनन् । किनभने श्वेता आफ्नो जीवन खुलेर बाँच्न चाहन्छिन् ।

अर्की चर्चित टिभी अभिनेत्री रश्मि देसाई पनि एक हुन् । सम्बन्धविच्छेदपछि रश्मी देसाईमाथि पनि बोल्डनेसको भूत चढेको छ ।

टिभी अभिनेता राकेश बापटसँग २०१९ सम्बन्धविच्छेद गरेकी अभिनेत्री रिद्धि डोगरा अहिले बोल्ड तस्विर सार्वजनिक गर्छिन् ।

टिभी अभिनेता आमिर अलीसँगको डिभोर्सपछि टिभि अभिनेत्री सञ्जीदा शेख पनि बोल्डनेसमा कोही भन्दा कम छैनन् ।

बिग बोसमा अली मर्चेन्टसँग विवाह गरेपछि चर्चामा आएकी सना खानले अहिले सम्बन्धविच्छेद गरेकी छिन् । अहिले सामाजिक सञ्जालमा उनको स्टाइल धेरैलाई मन परेको छ ।




















