‘म मेरो तलबबाट पैसा खर्च गरेर यम बुद्धको शालिक बनाउँछु’: मेयर बालेन साह।

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित ¥यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।

त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो । उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ । यसैबीच मेयर बालेनले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने स्पष्ट पारेका हुन् ।

महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । मेयर बालेनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’