जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार।

काठमाडौं:= जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापानको पश्चिम क्षेत्रमा रहेको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो ।

सडकमा भाषण गर्दै गर्दा गोली लागेको ठाउँबाट रगत बगिरहेको देखेपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गर्दै अस्पताल लगिएको थियो । जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् ।

नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएका आबेको अवस्था गम्भीर रहेको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

Former Japanese Prime Minister Abe Shinzo has been shot on the street in the western prefecture of Nara. Police arrested a man at the scene.https://t.co/YP4hseYE4y

— NHK WORLD News (@NHKWORLD_News) July 8, 2022
थप सामग्री : https://ehimalayatimes.com/2022/07/22400/