महिला युरो च्याम्पियनसिप फुटबलमा नर्वेको विजयी सुरुवात।

Soccer Football - Women's Euro 2022 - Group A - Norway v Northern Ireland - St Mary's Stadium, Southampton, Britain - July 7, 2022 Norway's Caroline Graham Hansen in action with Northern Ireland's Chloe McCarron REUTERS/Lisi Niesner

एजेन्सी := नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो।

नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक-एक गोल गरे। आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरे।

जितसँगै घरेलु टोली इंग्ल्यान्डलाई गोल अन्तरमा पछि पार्दै नर्वे समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। समाम तीन अंकको इग्ल्यान्ड दोस्रो स्थानमा छ । बिना अंकको अष्ट्रीया र आयरल्यान्ड क्रमश तेस्रो र चौथो स्थानमा छन्।