क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारलाई स्वदेश फर्किन दिइएको समयाअवधी यहीँ बर्ष सन् २०२२ को जुन ३० तारिख अर्थात भोलि बिहिवार म्याद सकिदैछ्।
मलेसिया सरकारले रिक्यालिब्रेशी पुलाङ नामक कार्यक्रम सञ्चालनमा ल्याएको करिब डेढ बर्षनै भैइसक्यो , यस् अवधीभरमा यहीँ जुन महिनाको गएको २३ तारिखसम्ममा मलेसियाबाट करिब २ लाख ८२ हजार ५८१ अवैध आप्रवासी विदेशी कामदार जरिवाना रकम तिरेर सजिलैसित स्वेच्छिक रूपमा आफ्नो स्वदेश फर्किएको मलेसिया सरकारको गृहमन्त्री दातोक श्री हमजाह जैनुद्धिनले बताउनुभएको छ।

गृहमन्त्रीले स्थानीय पत्रकारसंगको भेटमा भन्नुभयो “यो जुन ३० तारिख पश्चात् अब घर फर्किनलाई दिइएको म्याद कुनै पनि हालतमा थप गर्न सकिदैन । हामीले यो कार्यक्रम डेढ बर्षसम्म सञ्चालन गरिसक्यौ अब यस् कार्यक्रममार्फत स्वदेश नफर्किने र अध्यागमन बिभागको निर्देशनहरू स्वीकार गर्न नचाहने अवैधानिक कामदारहरुलाई पक्राउ गरेर कडा कारबाही गर्नेछौं, गृहमन्त्री हमजाह जैनुद्धिनले भन्नुभयो।”
“अटेरी गर्नेहरु यहाँ वैध कागजातहरू बिना, अध्यागमन द्वारा प्रमाणीकरण बिना यहाँ बसोबास गर्ने विदेशीहरू जो कोहि भएपनि उनीहरूलाई काममा लगाउने रोजगारदाता कम्पनीहरूलाई समेत कारवाही गर्नेछौं , हामी उनीहरूलाई समेत अदालतमा लैजानेछौं,” गृहमन्त्रीले भन्नुभयो।





















