निर्वाचनमा गठबन्धन गर्नेबारे एमालेसँग वार्ताका लागि नेकपा एसका दुई सर्त।

काठमाडौं := नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ ।

दस महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर्ने र संसद् विघटन बारेमा छलफल गर्न तयार हुनुपर्ने सर्त अघि सारेको हो ।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेसँगै एमालेसँगको सहकार्य वा गठबन्धनका लागि यी दुई सर्त अघि सारेको हो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच दलीय गठबन्धनको मात्रै भर गर्न नहुने र एमालेसँग पनि सहकार्यको ढोका खुला गर्नुपर्ने धारणा राखेका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।