‘कबड्डी–४’को आक्रामक ब्यापार, २८ दिनमा कमायो २२.४७ करोड।

काठमाडौं:= दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर् फिल्म ‘कबड्डी–४’ले बक्स अफिसमा अझैँपनि राम्रो ब्यापार गरिरहेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार पारिएको यस फिल्मले २८ दिनमा २२ करोड ४७ लाखको कमाइ गरिसकेको छ ।

निर्माण पक्षका अनुसार यो फिल्मले अहिले पनि दैनिक ३ देखि ५ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्दै आएको छ । अब ‘कबड्डी–४’ले २३ करोडको आँकडा पार गर्न ५३ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्नुपर्नेछ ।

अब ५५ लाखको कलेक्शन गर्न सकेमा नेपालमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान ‘कबड्डी–४’ले कायम गर्नेछ । निर्देशक तथा निर्माता गुरुङ फिल्मले २३ करोडको आँकडा पार गर्ने विश्वास्त छन् ।

त्यसोत, साउथका सुपरस्टार प्रभाषको ‘बाहुबली २’ले नेपाली बक्स अफिसमा २३ करोड रुपैयाँ लाइफटाइम ग्रस कलेक्सन गरेको थियो । यसैबीच ‘बाहुबली–२’को उक्त रेकर्डलाई ‘कबड्डी–४’ले ब्रेक गर्ला त ? भन्ने चासोको विषय बनेको छ ।

निर्माण पक्षका अनुसार ‘कबड्डी–४’ले अमेरिकाका ४७ राज्यमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले विदेशबाट मात्र १० करोड ग्रस कलेक्शन गर्ने अपेक्षा गरिएको छ ।