रवि लामिछानेले घोषणा गरे नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौं := पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सभामा लामिछानेले नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

लामिछानेले आफू व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा आएको बताए । ‘व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई व्यवस्था होइन, तपाईंहरूको अवस्था बदल्नु छ । यो हिसाबले राजनीतिमा आएको हुँ ।’उनले भने ।

आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेकोसमेत बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । ‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।

उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।