बोगोटा/एएनआई:= गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित हुनुभएको छ । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो जनाकारी गराएको छ ।
कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत (जुन ५०.४४ प्रतिशत) प्राप्त गर्नुभएको छ । यस्तै हर्नान्डेजले १०,५७९,८०३ मत जुन (४७.३१ प्रतिशत) प्राप्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा भन्नुभएको छ, यो ‘उत्सव’ को दिन हो ।
‘पहिलो लोकप्रिय विजयको उत्सव मनाऔं,’ पेट्रोले लेख्नुभएको छ । ‘यो विजय भगवानका लागि हो, जनता र यसको इतिहासको लागि हो । आज सडक र चौकको दिन हो,’ उहाँले भन्नुभयो । ६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्वमेयर हुनुहुन्छ । उहाँले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नुहुनेछ ।
निर्वाचन अधिकारीले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो । रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।