रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौं -३ का उम्मेदवार।

काठमाडौं:= टेलिभिजन प्रस्तोता छाडेर रवि लामिछानका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठने पक्का भएकाे छ। दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने पक्का भएकाे हाे ।

त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गर्नुभएको छ । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निर्वाचन क्षेत्र कायम गरिनेछ । मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गर्नुभएको छ, ‘सम्भवत: काठमाडौं १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ ।’

काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले बताउनु भएको छ । ‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ,’ हरिशरणले भन्नुभएको छ ।

यसैगरी उहाँका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नुहुने छ । तर, रविले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवतः मंगलबारको कार्यक्रमार्फत उहाले सो घोषणा गर्नुहुनेछ ।