पर्यटनमन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको संयुक्त माग।

काठमाडौं:= पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।

गत असार ३ गते नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कुटेर विवादमा तानिनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आइतबार संसद् सचिवालयमा समेत उजुरी परेको छ ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले आलेविरुद्ध संसद् सचिवालय सिंहदरबारमा उजुरी दिनुभएको हो। पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार संसद् सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराउनु भएको भएको छ।