औषधीय गुणहरूले पूर्ण फल “जामुन”

काठमाडौं:= जामुन जति स्वादिलो हुन्छ, त्यति नै यसका औषधीय गुणहरूले पनि यो पूर्ण रहेको पाइन्छ । यसलाई विभिन्न स्थानहरूमा विभिन्न नामले पनि चिन्ने गरिन्छ । जस्तै- राजमन, कालाजामुन, जमाली, ब्ल्याकबेरी आदि ।

यसको प्रकृति अम्लीय भए पनि यसको स्वाद मीठो हुन्छ । अम्लीय भएका कारण जामुनलाई नुनसँग खाने पनि गरिन्छ । जामुनमा ग्लुकोज र फ्रक्टोज पाइन्छ । यसमा खनिजको मात्रा पनि अधिक हुन्छ । यसको बिउमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम अधिकमात्रा पाइनुका साथै आइरन, भिटामिन र फाइबर पाइन्छ ।

जामुनले शरीरको पाचनशक्तिलाई मजबुत गराउनुका साथै यसले पेटसम्बन्धी विकारहरूलाई कम गर्दछ । डायबेटिजको उपचारका लागि जामुन धेरै नै उत्तम मानिन्छ । मधुमेहका रोगीले जामुनका दानालाई सुकाएर, पिसेर नियमित सेवन गर्ने हो भने सुगरको लेभल घट्ने गर्दछ ।

जामुनमा एन्टी क्यान्सरका गुण पनि पाइने बताइन्छ । केमोथेरापी र रेडिएसनमा पनि जामुन फाइदाजनक हुने गर्दछ । जामुनको पाकेको फल खानाले पत्थरीमा फाइदा पुग्दछ । जामुनको दानाको चूर्ण दहीसँग मिलाएर खानाले पत्थरीमा फाइदा पुग्दछ ।

लिवरका लागि जामुनको प्रयोग धेरै नै फाइदाजनक हुने गर्दछ । कब्जियत र पेटका रोगीका लागि जामुन फाइदाजनक हुन्छ । त्यस्तै मुखभित्र देखिने छालाका समस्यामा पनि जामुनको रस प्रयोग गर्नु लाभदायक मानिन्छ ।

आउँ या रगत मिसिएको आउँमा पनि जामुन लाभकारी हुन्छ । पातलो दिसा अथवा आउँ हुँदा जामुनको रसमा वीरेनुन मिलाएर खाँदा फाइदा पुर्‍याउँछ ।