कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ फुटबल खेल्ने ३२ देशको टोली यी हुन्।

कतार:= कोस्टारिकाले नौ खेलाडीमा समेटिएको न्युजिल्यान्डलाई १-० ले हराएर विश्वकपमा स्थान पक्का गरेसँगै कतार विश्वकप २०२२ खेल्ने ३२ वटै टोलीको टुंगो लागेको छ । अहमेद विन अल स्टेडियम कतारमा मंगलबार राती भएको खेलमा न्युजिल्यान्डलाई हराउन कोस्टारिकाका जोएल क्याम्पवेलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उहाँ खेलको तेस्रो मिनेटमै गोल गर्न सफल हुनुभएको थियो ।

यो नतिजाले कोस्टारिका स्पेन, जर्मनी र जापान रहेको समूह ‘ई’ मा परेको छ । योसँगै कतार विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै ३२ राष्ट्रको टुंगो लागेको छ । युरोपबाट १३, दक्षिण अमेरिकाबाट चार, उत्तर तथा मध्य अमेरिकाबाट चार, एसियाबाट आयोजक कतारसहित ६ र दक्षिण अफ्रिकाबाट पाँच टोलीले विश्वकपमा स्थान बनाएका छन् ।

एसियाली राष्ट्र कतारमा यसै वर्ष विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुदैछ। विश्वकप फुटबलको इतिहासमा पहिलोपटक खेलहरु विन्टर सिजनमा हुन लागेको हो । यसअघि हरेक चार वर्षको अन्तरमा समरमा हुँदै आएको थियो। विश्वकप नजिकिदै गर्दा विश्वकप छनोटका खेल पनि सकिएको छ ।

विश्वकपमा युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स, दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर र उत्तर तथा मध्य अमेरिका (कोन्काफ) बाट क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका, एसियाबाट कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुनले विश्वकपमा स्थान बनाएका छन् ।

छनोट भएका राष्ट्रहरु

युरोप – जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स

दक्षिण अमेरिका – ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर

उत्तर तथा मध्य अमेरिका (कोन्काफ) – क्यानडा, अमेरिका, मेक्सिको र कोस्टा रिका

एसिया – कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया

दक्षिण अफ्रिका – घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन

समुह विभाजन
समूह ‘ए’ – 
कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान
समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया
समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया