कोल्हबी := बारा जिल्लाको कोल्हबी नगर उद्योग बाणिज्य संघको अध्यक्षमा निरज खाद्यान्न सप्लायर्सका संचालक लक्ष्मी साह कलवार निर्बिरोध चयन भएको छ । अध्यक्ष साह उद्योग तर्फबाट उद्योग बाणिज्य संघको अध्यक्ष पदमा चुनिएका हुन्।
उक्त अधिवेशनका निर्वाचन अधिकृत केवल प्रसाद चौधरीका अनुसार चौधरी मत्स्य फर्मका संचालक बिरेन्द्र प्रसाद चौधरी उद्योग तर्फबाट उपाध्यक्ष पदमा र महासचिव पदमा साह जेनेरल स्टोर्सका संचालक शम्भु साह कलवार त्यस्तै सदस्य पदमा अशिम कन्ट्रक्सन प्रा.ली. का संचालक अर्जुन प्रसाद प्रसाई पनि उद्योग तर्फबाट निर्बिरोध चयन भएका छन् ।
अधिवेशनमा श्री गढीमाई ट्रेडर्सका संचालक कामोद चौधरी र मुकेश स्टोर्सका संचालक शम्भु प्रसाद साह तेलीले अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिए पछि लक्ष्मी साह कलवार निर्बिरोध चयन भएको हो ।
त्यस्तै सत्यम ईम्पेक्सका संचालक अनिल कुमार ठाकुर, एम. आर. ईन्टरप्राईजेजका संचालक हरिओम कुमार साह र बि. एस. ईन्टरप्राईजेजका संचालक सुनिल कुमार साहले महासचिव पदबाट उम्मेदवारी फिर्ता लिएकाले शम्भु साह कलवार पनि निर्बिरोध चुनिएका छन् ।
उद्योग बाणिज्य संघ बाराका शाखा कार्यालय कोल्हबीका निवर्तमान अध्यक्ष महेश कुमार साहका अनुसार गठन गरिने १७ जना समिति मध्ये बाँकी रहेका उपाध्यक्ष एक जना, सचिव दुई जना, कोषाध्यक्ष एक जना र सदस्य दश जना असार १ गतेका दिन निर्वाचन प्रकृयाबाट चयन गरिने भएको छ ।




















