रोनाल्डोविना खेलेको पोर्चुगल स्वीट्जरल्यान्डसँग १–० गोलले हार्यो।

एजेन्सी:= कप्तान तथा स्टार भेट्रान फरवार्ड फुटबलर क्रिष्टियानो रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा पहिलो हार बेहोरेको छ । पोर्चुगल घरेलु टोली स्वीट्जरल्यान्डसँग १–० ले पराजित भएको हो ।

घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए । सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न सकेन ।

पहिलो जितसँगै ४ खेलबाट ३ अंक जोडेको स्वीट्जल्यान्ड अंकतालिकाको पुछारमै रहेको छ । पोर्चुगल ७ अंकसहित दोस्रो स्थानमा छ । स्पेन ८ अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।