मलेसियामा मदिरा सेवनको तालमा नेपाली श्रमिकबीचमै लडाइँ हुँदा एक नेपालीको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले नै मिलेर अर्को एकजना नेपाली श्रमिकको हत्या गरेको,ज्यान लिइएको खबर प्राप्त भएको छ।

मलेसियाको केलाङ मेरु भन्ने ठाउँमा हिजो रातिको समयमा नेपाली – नेपालीबीचमै झै-झगडा र लडाइँ हुँदा सो घटनामा परि एकजना नेपालीको ज्यान गएको परिचय नखुलाउने सर्तमा मेरुमै कार्यरत एकजना नेपाली श्रमिकलेनै जानकारी दिनुभएको छ।

स्रोतले दिइएको जानकारी अनुसार ज्यान गुमाउने नेपालीले बिगत लामो समयदेखि मेरुमै (क्यान्टिन) होटल सञ्चालन गर्दै आईरहेको पाँचथर जिल्ला निवासी रहेको बुझिएको छ।

बिहीवार राति मेरुमै अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीको नेपाली श्रमिकहरु र ती क्यान्टिन सञ्चालकसंगै बसि मदिरा (रक्सी) सेवन गरिरहेकै बेला झै-झगडा परेको आपसमै लडाइँ गर्दागर्दै रिसको झोकमा क्यान्टिन सञ्चालकमाथि चक्कु प्रहार गरि ज्यान लिइएको हुनसक्ने स्रोतले जनाएको छ।

एक- आपसमै झगडा लडाइँ गर्ने ती कम्पनीका नेपालीहरुलाई हत्यामा संलग्न आशँकामा स्थानीय मलेसियन प्रहरीले पक्राउ गरेर प्रहरीचौकीमा लगिसकेको साथै घटनाबारे प्रहरीद्वारा थप अनुसन्धान भैइरहेको जनाएको छ। घटनाबारे अनुसन्धान भैइरहेकोले कसले मार्यो भन्ने पत्ता लाग्न बाकी रहेको छ।  ज्यान गुमाउने र पक्राउ पर्नेहरुको परिचय भने खुल्न सकेको छैन , अहिले गोप्य राखिएको छ , भने मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ।

घटनाबारे बिस्तृत रुपमा मलेसिया स्थित नेपाली दूतावासमा सम्पर्क गरेर बुझ्न खोज्दा दूतावासमा पनि अधुरो जानकारी मात्रै प्राप्त भएको घटनाबारे पुर्ण बिवरण आउन बाँकी रहेको बताउनुभयो।

advertise