काठमाडौं := वैदेशिक रोजगार विभागको टोलीले वैदेशिक रोजगारका लागि मलेसिया जान लागेका श्रमिकसँग बढी शुल्क लिने म्यानपावर कम्पनीमा छापा मारेको छ।
बुधबार साँझ बत्तिसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेको विभागका निर्देशक डम्बर सुनुवारले जानकारी दिए। कम्पनीले श्रमिकसँग प्रतिव्यक्ति साढे २ लाखभन्दा बढी लिएको भेटिएको छ ।
कम्पनीका सञ्चालक राजेश यादवलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार ऐन २०६४ को दफा ५३ अनुसार कारबाही गर्न विभागले तयारी थालेको छ ।




















