सु.प नेपाली समाज पेनाङको आयोजनामा पुरुष भलिबल प्रतियोगिता सम्पन्न।

[ दिनेश खड्का’खप्तडी’ ] 

क्वालालम्पुर (मलेसिया):= सुदूरपश्चिमेली नेपाली समाज मलेसिया,क्षेत्रिय समिति पेनाङको आयोजना भएको मैत्रीपूर्ण पुरुष खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

“स्वास्थ्यका लागि खेल राष्ट्रका’ लागि खेल”भने उदेश्य राख्दै उक्त प्रतियोगिता आयोजना गरेको थियो । खुल्ला भलिवल प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रम का प्रमुख अथिति समाजसेवि दिपक केसि रहेका थिए भने विशेष अथितिमा अनिल केसि,भिमलाल मगर रहेका थिए ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङ का अध्यक्ष शिव बहादुर ऐरको सभापतित्वमा भएको उक्त कार्यक्रमको सहजीकरण सुदूरपश्चिमेली नेपाली समाज मलेसिया,क्षेत्रिय समिति पेनाङका महा-सचिव प्रकाश कार्किले गर्नु भएको थियो ‌।


उक्त खुल्ला भलिवल प्रतियोगितामा सेब्राजाया टिमलाई पछि पार्दै आयोजक क्षेत्रिय समिति पेनाङको टिम प्रथम भएको छ ।यसैगरी वेष्ट पिलियरका रुपमा बेगन मगर घोषित भएका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज पेनाङका खेलकुद संयोजक धर्म भट्टराईको नेतृत्वमा र भिमलाल मगरको क्याप्टेनमा राजेन्द्र धामी ,सुरेश भण्डारी,शिव बहादुर ऐर, प्रकाश कार्कि,बेगम मगर, बिष्णु महर, लगायत उक्त टिमबाट सहभागी थिए ।

क्षेत्रिय समिति पेनाङ का कोषाध्यक्ष राजेन्द्र धामि को स्वागत मन्तव्य राख्नुभएको थियो भने विजेता टिम,उपविजेता टिम तथा खेलाडी हरुलाई वरिष्ठ उपाध्यक्ष सुरेश भण्डारीले सम्मान पत्र सहित मेण्डल हरु हस्तान्तरण गरेका थिए ।

आईतबार पेनाङ मा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा मलेसियाका बिभिन्न क्षेत्रबाट १० टिम को सहभागिता रहेको थियो।