यस् बर्ष पनि ‘आइसी डिजाइनर रनवे ११’ फेसन शो आयोजना हुने।

काठमाडौं:= आइसी कलेजले ‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना गर्ने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि आयोजना हुने फेसन शोलाई म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।

नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदनसमेत खुला गरेको छ । कम्तीमा ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनौट आगामी ११ जुन अर्थात् जेठ २८ गते शनिबार हुनेछ ।

फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन ¥याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९औं व्याजका पास आउट विद्यार्थी हुन् ।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतभन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो ।

‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताउनुभयो। फेसज शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यू सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।