एक महिनामै दुई दिन बिदा दिने निर्णयबाट किन पछि हट्यो गठबन्धन सरकार?

काठमाडौं := सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ। जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो तर यो निर्णयको बिरोध भइरहेको थियो। इन्धन खपतको नाममा दुई दिन बिदा दिएको भए पनि त्यो प्रभावकारी नदेखिएका कारण यस्तो व्यवस्था खारेज गरिएको उनले जानकारी दिए। दुई दिन बिदा दिने निर्णय सोमबार नै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।