एजेन्सी := म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले‘सर म्याट बस्बी प्लेयर अफ द इयर’ अवार्ड जितेका छन् । युनाईटेडले शनिबार रोनाल्डोले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेको जनाएको छ ।
क्लबको समर्थकको भोटको आधारमा रोनाल्डोले अवार्ड जितेका हुन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले चौंथो पटक यस अवार्ड जितेका हुन् । रोनाल्डोले सर्वाधिक चार पटक अवार्ड जित्ने गोलकिपर डेभिड डे गियाको कीर्तिमानसँग बराबरी गरेका छन् । म्यानचेस्टर युनाइटेडको पूर्व प्रशिक्षक सर म्याट बस्बीको सम्मानमा युनाइटेडले हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्छ।




















