लामो समय देखि मलेसियामा अबैधानिक रुपमा सेलाङ्गर को तामान बेसा मा सुरक्षागार्डको काम गर्दै आएका धादिङका शुक्र बहादुर पुर्जा केही समय देखि सारारिक रुपमा अपाङ्ग थिए २ महिना देखि सुगर रोगका कारण खुट्टा नचल्ने भएका पुर्जा लाई जनउद्वार केन्द्र मलेसियाले प्राथमिक उपचार गरि स्वदेश फिर्ता गराइदिएको छ ।

खुट्टा काम नलाग्ने र काट्नु पर्ने अबस्था रहेको उपचारका क्रममा डाक्टरहरुले बताएपछी पुर्जा को सहयोग गरिपाउ भन्ने निबेदन का आदरमा जनउद्वार केन्द्रले ऊनीलाई सहयोग गरि स्वदेश फिर्ता गराएको हो ।

उनी जनउद्वार केन्द्र मलेशियामा को सम्पर्क आएपछि जनउद्वार केन्द्र मलेशिया को सम्मन्वय मा केन्द्र का केन्द्रीय सदस्य तथा सेलेंगर राज्यका संयोजक प्रेम बहादुर गुरुङ ले उहालाई हस्पिटलमा गराएका थिए ।
पुर्जा लाई १/६/२०२२ को हिमालय एयर बाट नेपाल फर्काइएको थियो । स्वदेश फिर्ता मा नेपाली राजदुतावास क्वालालम्पुर ,नेत्र बहादुर केसि प्रेम गुरुङ, मिलन लिम्बु लगाएत जनउद्वार केद्र को टिम को उल्लेखनीय सहयोग रहेको बताउदै सबैलाइ धन्यवाद दिदै केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिनुभयो ।




















