नयाँ नेपाली चलचित्र ‘आँखा’को औपचारिक घोषणा।

काठमाडौं:= नयाँ नेपाली चलचित्र ‘आँखा’को निर्माण घोषणा गरिएको छ । सामाजिक कथामा बन्न लागेको चलचित्र ‘आँखा’को राजधानीमा आयोजित एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो । निर्माण व्यानर लामा सिनेमाले फिल्ममा समावेश कलाकार तथा प्राविधिक टिम पनि सार्वजनिक गरेको छ ।

निर्देशक योन्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशी मुख्य भूमिकामा रहने बताइएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक योन्जनले ‘आँखा’ ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताउनुभयो । अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आफूले नयाँ भिजन र क्रियशन भएका मेकरहरूसँग काम गर्न पाएको भन्दै ‘आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताउनुभयो । निशाले एउटा भेटमै स्कृप्ट चित्त बुझेपछि यो चलचित्र गर्न तयार भएको भन्दै मिहिनेती टिम रहेकाले चलचित्र राम्रो बन्नेमा आशा व्यक्त गर्नुभयो ।

अर्की अभिनेत्री अस्मिता लामिछानेले ‘१२ सत्ताइस’, ‘म राजेश हमाल’ देखि ‘आँखा’सम्म विश्वास गरेर आफूलाई स्थान दिएकोमा निर्माण टिमलाई धन्यवाद दिँदै सम्पूर्ण इनर्जी यो फिल्ममा खर्चिने बताउनुभयो । आकोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दीपक आरजेको रहनेछ भने द्वन्द्व रेवन्तविक्रम थापाको रहनेछ । चलचित्रको करण साउद कला निर्देशक हुनुहुन्छ । चलचित्रको प्रदर्शन टार्गेट अर्को वर्ष २०८० लाई गरिएको छ ।