काठमाडौं := काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह (बालेन)ले पदभार ग्रहण गरेका छन्। सपथ लिएपछि बागदरबारस्थित जेडिए कम्पलेक्सस्थित महानगर कार्यालयमा पुगेर मेयर बालेनले पदभार ग्रहण गरेका हुन्।
साथै मेयर शाहले नगरसभाको बैठक लाइभ गर्ने पहिलाे निर्णय गरेका छन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ ।
उनलेआफूहरुको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको पनि बताए। सिसडोल र बन्चरेडाँडामा फोहोर बिसर्जनको दीर्घकालीन उपाय निकाले पछि अन्य विषयमा पनि चर्चा गर्ने उनले बताए ।




















