विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको महानिर्देशकमा पुनः गेब्रेयसस नियुक्त।

FILE PHOTO: World Health Organization (WHO) Director-General Tedros Adhanom Ghebreyesus attends a news conference in Geneva Switzerland July 3, 2020. Fabrice Coffrini/Pool via REUTERS/File Photo

एजेन्सी (न्यूयोर्क) := विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को महानिर्देशकमा पुनः डा.ट्रेडोस अधानोम गेब्रेयसस नियुक्त भएको छ । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उहाँ अर्को कार्यकालका लागि निर्वाचित हुनुभएको हो । डब्ल्युएचओका सदस्यराष्ट्रले आगामी पाँच वर्षे कार्यकालका लागि उहाँलाई महानिर्देशकमा पुनः चयन गरेका हुन् ।

दोस्रो कार्यकालका लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट आभारी रहेको भन्दै उहाँले स्वास्थ्य प्रवद्र्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकालाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको बताउनुभयो । महानिर्देशक डा.टेड्रोसको नयाँ कार्यकाल अगष्ट १६ मा सुरु हुने डब्ल्युएचओले जनाएको छ ।