काठमाडौं:= शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।
निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’

लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन्। केहि दिन अगाडि मात्रै काङ्ग्रेस निकट विदेशमा रहेका नेपाली जनसम्पर्क समितीका पदाधिकारीहरुले बिदेसमा रहेका नेपाली हरुले आफु जुन देशमा कर्म थलो बनाएर बस्नु भएको छ् सोही देशको नेपाली दुताबास् मार्फत भोट हाल्न पाउनु पर्छ भन्ने मागसहित ध्यानाकर्षणपत्र नेपाली कांग्रेस पार्टीका सभापति एवम् प्रधानमन्त्री देउवा समक्ष बुझाउनु भएको थियो।





















