काठमाडौं:= बलिउडका सुपरस्टार भाइजान सलमान खानको ‘दबंग द-रिलोडेड टुर’ कार्यक्रम आयोजना को अन्तिम समयमा आएर स्थगित भएको छ । स्थानीय निर्वाचनका कारण टिकट विक्रीमा प्रभाव परेको तथा नेपालमा अत्याधिक वर्षात, हावहुरीको समय पनि सुरु भइसकेकाले सलमान खानको कन्सर्ट स्थगित गरिएको आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिले जनाएको हो ।
सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । सलमान खान सहित अन्य धेरै बलिउड कलाकारहरु नेपाल आउन लागेका थिए । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा करिब ८ करोड रुपैयाँ खर्च भइसकेको उल्लेख गर्दै अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा गरिने जनाएको छ।
सलमानको नेपाल कन्सर्ट टुर रोकिएको यो दोस्रो पटक हो। यो भन्दा पहिले पनि स्थगित भएको थियो। कार्यक्रम स्थगनबारे औपचारिक रुपमै जानकारी गराइने ओडीसीका निर्देशकले बताए।
तल हेर्नुहोस प्रेस बक्तब्य :
प्रेस बिज्ञप्ति
मिति:२०७९/०२/१०
ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा यहि २०७९ जेष्ठ १४ गते काठमाडौमा दबाङ्ग द टुर रिलोडेड कार्यक्रम तय भएको हामी सबैलाई थाहा नै छ ।
नेपालमा जेष्ठ १५ गते को बजेट ले गर्दा केन्द्रिय सरकारको ब्यस्तता निकै बढेको बेला स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा समेत परेको प्रभाव र वर्षा का कारण हाललाई कार्यक्रम आर्को मिति को लागि सार्न लागिएको छ।
सो कार्यक्रममा सलमान खान सहित आउने स्वदेशी र बिदेशी कलाकारहरू मध्ये चर्चित भारतीय नायिका सुश्री ज्याकलिन फर्नाडिज माथी लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोडन प्रतिबन्ध लगाएको सन्दर्भमा वहाँले नेपालको इभेन्टलाई आउनलाई अदालतमा दिएको निवेदनमाथी सकारात्मक निर्णय आएन ।
तर नेपालमा हामीले सुश्री ज्याकलिन फर्नाडिजको फोटो राखेर होर्डिङ बोर्ड बनाएको, पोष्टर टासेको, टिकट बेचेको परिप्रेक्ष्यमा अहिले मुम्बईको टिमले वहाँको सट्टामा पुजा हेगेडेलाई पठाउने निर्णय गरेको छ । तर नेपालमा अचानक कलाकार परिवर्तन बारे टिकट काट्ने आदरणीय दर्शकलाई महानुभावहरु लाई नयाँ अभिनेत्रीको सन्दर्भमा शो हेर्ने वा नहेर्ने संविधानत: अधिकार अनुसार राईट अफ च्वाईस को अवसर दिनुपर्ने देखियो ।
यदि कसैले अभिनेत्री परिवर्तनको बिषय मन नपरेर टिकट फिर्ता लिन चाहेमा हामीले कम्तीमा २ हप्ता म्याद दिएर कलाकार परिवर्तन बारे सार्वजनिक सुचना दिनुपर्ने कानुनी सल्लाहकारको राय सुझाव आयो । करोडौं खर्च गरेर कार्यक्रम तयारीको लागि २८ वटा ट्रक भारतिय सिमाना मा पुगेको तर लामो बिदा ले सोचे अनुरुपको भन्सार अनुमती पत्र प्राप्ति मा भएको ढिलाइ, प्रतिकुल मौसमको कारणले १० वटा ट्रक समेत रोकिएको र विभिन्न प्राविधिक कारण हामीले कार्यक्रम सार्ने निर्णय मन्त्रालय, प्रशासन, भारतीय प्रोडक्सन र आरट्रीस्ट टोलिको सुझावमा गरेको छौ।
यो कार्यक्रम आयोजना गर्न हाम्रो निकै लगानी भैसकेको अवस्थामा हामीले नेपालको कानुन अनुसार नियम बमोजिम चल्न यो निर्णय गरेकोले हाम्रो समस्यालाई बुझीदिन आग्रह गर्दछौं । अब नयाँ मितिमा चाडै हुने कार्यक्रममा यहि टिकटले मान्यता पाउनेछ । तर टिकट निरन्तर गर्न नचाहनेले दर्शकज्यु ले आफ्नो टिकट लगेर रकम सम्बन्धित प्रभु टेक्नोलोजी मा पुर्ण लक भएर बसेको रकम बाट ससम्मान फिर्ता लैजान आग्रह गर्दछौं । यो टिकट फिर्तामा कुनै समस्या आएमा हाम्रो नम्बर ९८१३१७४८८८ मा फोन गरेर नि शुल्क रकम फिर्ता बारे जानकारी लिन वा केन्द्रिय कार्यालय लाजिम्पाटमा आउन समेत आग्रह गर्दछौं ।
नेपालको पर्यटनलाई उकास्न दबङ्ग टुर द रिलोडेड को नयाँ मिति चाडै तय गर्दै अनि वर्षा नभएको र रङ्गशाला खाली भएको मिति तोक्न कम्पनीका संस्थापक एव एमडीहरुलाई भारतीय पक्षले निमन्त्रणा गरेकोले वहाँहरुले भारत बाट नयाँ मिति चाडै सार्वजनिक गर्नुहुनेछ ।
हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद छ।
सचिवालय
दबाङ्ग द टुर रिलोडेड
लाजिम्पाट, काठमाडौ




















