कैलाली लम्की चुहाको मेयर, उपमेयर दुवैमा महिलानै निर्वाचित।

कैलाली:= कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयर दुबैमा महिला निर्वाचित भएका छन् । यहाँ प्रमुख पदमा गठबनधनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी शुशीला शाही र उपप्रमुखमा नेकपा एमालेकी जुना चौधरी विजयी हुनुभएको हो ।

शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महादेव बजगाइँलाई २२९० फराकिलो मतले पछाडि पार्दै नगरप्रमुख पदमा विजयी बन्नुभएको हो । विजयी शाहीले १२ हजार ७१३ मत प्राप्त गर्नुभयो भने बजगाइँले १० हजार ४३५ मत पाउनुभयो ।

त्यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी हुनुभएको छ । उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी माओवादीकी जानकी सिंहलाई ३३९९ फराकिलो मतले पछि पार्दै विजयी हुनुभएको हो।विजयी चौधरीले ११ हजार ७०७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी जानकी सिंहले आठ हजार ३०८ मत ल्याउनुभएको छ ।