साउथ अभिनेत्री काजल अग्रवाल बनिन् आमा।

मुम्बई एजेन्सी := दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बन्नु भएको छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार उहाँले मंगलबार छोरालाई जन्म दिनुभएको हो ।

केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको थियो । उहाँले गर्भावस्थाको फोटो सुट समेत गर्नुभएको थियो । तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गर्नुभएको छैन ।

सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गर्नुभएको  उहाँले  ‘सिङ्घम’ मार्फत् बलिउडमा पनि डेब्यू गर्नुभएको थियो ।

Lovely! https://t.co/TTyAPBnkjO

— Kajal Aggarwal (@MsKajalAggarwal) May 12, 2022