काठमाडौं महानगरमा लगभग ८३ हजार मत गनियो, बालेन १४,४८८ मतले अगाडि बढ्दै।

काठमाडौं := काठमाडौं महानगरपालिकामा हालसम्म ८२,९२१ मत गणना भएको छ । जसक्रमममा स्वतन्त्र तर्फका मेयरका उम्मेदवार बालेन शाह अगाडि रहेका छन् । उनले हालसम्म ३१०१५ मत पाएका छन् ।

त्यस्तैगरी उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १६,५२७ मत पाएका छन् । बालेन र स्थापितको मतान्तर १४,४८८ रहेको छ । उता गठबन्धनकी साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना सिंहले १६,२२४ मत पाएकी छन् ।