काठमाडौंमा बालेनले कटाए १० हजार मत, हेर्नुहोस् ताजा मतपरिणाम।

काठमाडौं := काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो बनाउदै लगेका छन् । ताजा परिणाम अनुसार उनले १० हजार मत कटाएका छन्।

मंगलबार बिहानको गणनामा शाहले १० हजार २४१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छन्।