काठमाडौं महानगर निर्वाचन: बालेनको लौरोले लगातार मतान्तर बढाउँदै, एमालेका स्थापित पछाडि पर्यो।

काठमाडौं := काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन शाहले फेरि आफ्नो पक्षमा मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ भन्दा बढी मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८ मत मात्रै प्राप्त गरेका छन् । बालेनको स्थापितसंग ४ हजार २३८ मतान्तर हो ।

यसअघिको सार्वजनिक विवरणमा बालेन भन्दा ४,१५६ मतले पछि परेका थिए । त्यसअघि बालेन स्थापित भन्दा ४१०१ मतले पछि थिए । यो अवस्था हेर्दा बालेनले मत परिणाम सार्वजनिक गरेपिच्चे मतान्तर बढाइरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ३२० मत प्राप्त गरेकी छन्। उता उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छन् । आफ्ना प्रतिद्वन्द्वीलाई उनले ५ हजार भन्दा बढीले पछि पारेकी छन् । उनले हालसम्म ७ हजार ८३० मत प्राप्त गरेकी छन्।