सोमालियाका लागि राष्ट्रपति पदमा हसन शेख मोहमद निर्वाचित।

एजेन्सी := सोमालियाका लागि राष्ट्रपति पदमा हसन शेख मोहमद निर्वाचित हुनुभएको छ । उहाँले सन् २०१७ देखि सत्तामा रहनु भएका राष्ट्रपति मोहमद अबदल्लाही फर्माजोलाई हराई राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

कुल ३२५ सांसद संख्या रहेको सोमालियामा एकजना सांसदको मत बदर भएकोमा शेख मोहमदको पक्षमा २१४ र फरमाजोको पक्षमा ११० मत परेको थियो ।