सोलुखुम्बु := स्थानीय निकायको निर्वाचनको संघारमा आइपुग्दा सोताङ गाउपालिका वडा नम्बर ५ का लागि नेपाल कम्युनिस्ट पार्टी एमाले वडाअध्यक्ष आकाङ्क्षी नेता मानवीर राई ले स्थानीय माओवादी नेता भिमराज राई र चामुसिङ राइको घर घेराउ गरेको आरोप लागेको छ।
माओवादी केन्द्र सोताङ गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै यो भन्दा अगाडि पनि पटक पटक फोनमा तथानाम गाली गरेको प्रमाण रहेको बताउदै अहिले स्थानीयबासिहरु लाई प्रयोग गरि मदिरा सेवन गराइ घर घेराउ गरेको बताएको छ ।
बिज्ञप्तिमा उल्लेख गरिए अनुसार आफुहरु माथी अमानवीय ब्यावहार भएको प्रती आपती जनाउदै तत्काल दोषिलाई कारबाहीको दायरामा नल्याए मावबादी केन्द्र ले पनि पार्टी सँम्यन्त्र प्रयोग गरि त्यस्ता कार्यको प्रतिकार गर्ने चेतावनी दिएको छ ।





















