निर्वाचन आचारसंहिता उल्लंघनमा सत्तापक्ष दलनै अगाडि।

e/tk'/, @@ j}zfvM r'gfjL ;efdf ;xefuLx? ;Qf u7aGwgn] laxLaf/ e/tk'/df cfof]hgf u/]sf] r'gfjL ;efdf ;xefuL k|wfgdGqL Pjd g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf, g]skf -dfcf]jfbL s]G›_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú, -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfnnufot ;xefuL . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं := स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग गर्नुपर्नेमा सबैभन्दा बढी उल्लंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा नै देखिएका छन् ।

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना भइरहँदा पनि निर्वाचन आयोगले नोटिसमा राख्ने काम मात्रै गरेको छ । गत बुधबारबाट निर्वाचन उल्लंघन गर्न उद्दत देखिएका प्रधानमन्त्री देउवाले सरकारी खर्चमा हेलिकोप्टरसम्म प्रयोग गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई आफू पार्टीको कार्यक्रममा जान लागेको जानकारी गराए पनि उनी सरकारी खर्चमा चुनावी देश दौडाहमा हिडिँरहेका छन् ।

निर्वाचन आयोगका कर्मचारीका अनुसार प्रधानमन्त्रीबाट सुरक्षाकर्मीको स्कर्टिङबिना केवल निजी सुरक्षाकर्मी (पीएसओ) मात्रै लिएर जान लागेको र कुनै पनि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी पार्टीको कार्यक्रममा जाने भनी सूचित गरिएको थियो । तर, शनिबार भएको चुनावी सभामा प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टर प्रयोग गरेर तीन जिल्लाको कार्यक्रममा सहभागी भए ।

बुटवलको सभामा उनले सम्बोधन गर्दै गठबन्धनको पक्षमा आम मतदातासँग भोट मागे । साथै सत्तारूढ दललाई चुनाव जिताउन आह्वान नै गरे । बुटवलको चुनावी सभा सकेर उनी तनहुँको दमौली, धनुषाको जनकपुरमा चुनावी कार्यक्रममा सहभागी भए । यो समाचार आजको राजधानी दैनिकमा छ ।