रुस-युक्रेन युद्धकै बेला अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा।

First Lady Jill Biden, left, greets Olena Zelenska, spouse of Ukrainian's President Volodymyr Zelenskyy, outside School 6, a public school that has taken in displaced students in Uzhhorod, Ukraine, Sunday, May 8, 2022. (AP Photo/Susan Walsh, Pool)

किभ:= अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् ।

दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा  युक्रेनमा रुसी आक्रमण सुरु भएपछि  जेलेन्स्का पहिलो पटक  सार्वजनिक कार्यक्रममा देखा परेकी हुन्। रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ । यसैबीच जी ७ नेताहरूले रुसी तेललाई प्रतिबन्ध लगाउन प्रतिबद्धता जनाएका छन् । -एजेन्सी