कांंग्रेसले जनताबाट दण्ड पाइसक्यो अब एमालेको पालो: कांग्रेस महामन्त्री गगन थापा।

-निरोज कोइराला

भोजपुर;= नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच बर्ष कम्युनिष्टले शासन गर्ने मौका पाएपनि टिक्न नसकेको बताउनु भएको छ । कुनै पनि सरकारले बहुमत पाएर पाँच बर्ष शासन गर्ने पाउनु पर्ने बताउँदै महामन्त्री थापाले त्यो अवसर कम्युनिष्टले पाएपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनु भयो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोजपुरको पूर्वी अरुण गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दे महामन्त्री थापाले कुनै पनि नेपालका प्रधानमन्त्रीले पाँच बर्ष शासन गर्ने अवसर नपाएको भए पनि कम्युनिष्टले अनुकुल समय पाएको बताउनुभयो ।

केपी ओलीको सरकारले पाँच बर्ष मुलुक चलाउने अवसर पाएकाले अहिलेसम्म पनि उनकै केन्द्रमा सरकार र प्रदेशमा पनि कम्युनिष्टहरु कै सरकार हुनु पर्ने बताउँदै महामन्त्री थापाले हाम्रो सरकारले यो काम गर्यो हामीलाई फेरि मतदान गर्नुस् भनेर जनताको बिचमा उनीहरु आउनु पर्ने तर, त्यसो नभएको उहाँले बताउनु भयो ।

नेपाली कांग्रेसले सवै क्षेत्रमा पाँच बर्ष काम गर्न चाहेको बताउँदै महामन्त्री थापाले कांग्रेसले यस भन्दा अगाडी नै दण्ड पाएकाले अव दण्ड पाउने पालो एमालेको भएको बताउनुभयो । महामन्त्री थापाले भन्नुभयो, यस पटक कांग्रेसलाई पाँच बर्ष काम गर्ने मौका दिनुहोस्, काम गर्न सकेनौं भने फेरि अर्को पटक दण्ड लिन तयार छौं।

मत हाल्न पाउने जनताको अधिकार भएको बताउँदै महामन्त्री थापाले शक्ति र तागतको प्रयोग सही ढंगले गर्न नजान्दा त्यसको पछि त्यसको भागीदार हुनु पर्ने भएकाले उचित मुल्यांकन गर्न आग्रह समेत गर्नु भयो । चुनावी सभामा अन्य केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुका साथै गाउँपालिकाका लागि उठेका उम्मेदवारहरुको समेत सहभागिता रहेको थियो।