जनकपुरधाम:= नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताउनु भएको छ । पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा उहाँले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताउनु भयो ।उहाँले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताउनु भयो ।




















