भरतपुर := प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताउनुभएको छ ।सभापति देउवाले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताउनुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उहाँले प्रकाशमान सिंहकी श्रीमती सृजनालाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउन पनि आफैँले भनेको खुलासा गर्नुभयो । सभापति देउवाले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताउनुभयो ।
पार्टीको महाधिवेशन र केन्द्रीय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरेपछि पनि केहीले विरोध गरेको भन्दै उहाँले आक्रो व्यक्त गर्नुभयो । सभापति देउवाले चितवनमा राम्रो काम गरेकाले रेणुलाई मेयरमा जिताउनुपर्ने बताउनुभयो ।
काठमाडौंको फोहोरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनुपर्ने उहाँको भनाइ छ। राजधानी काठमाडौंमा मेयरका महिला उम्मेदवारले हारे बाहिरी दुनिँयाले के भन्लान् भनि प्रश्न समेत गर्नुभयो ।




















