पाँच दलको बैठक: सहमतिबाहिरको तालमेल खारेज गर्ने, बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने।

काठमाडौं:= पाँच दलीय गठबन्धनको बैठकले अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादर देउवा अध्यक्षतामा बसेको बैठकले सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय गरेका हुन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनबीच यस अघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिकार ११ उपमहानगरपालिकाका प्रमुख र उप–प्रमुख पदमा भएको सहमति बिपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने ।’

गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय समेत भएको छ। बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।