गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखेकी छन् । बिहीबार बिहान आफ्नो भेरिफाइड फेसबुक आईडीमा जिन्स आउटरसहितको ताजा तस्वीर राख्दै भावुक स्टाटस लेखेकी हुन् ।
उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ ।
अधिकारीको फेसबुक स्टाटस-
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दु:खमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु’
उनको सो पोस्टमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् । अधिकारीको यो स्टाटस आगामी गीतको अंश हो की भनेर पनि आकंलन गरेका छन् ।



















