[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= “नेपालीका लागि नेपाली” भन्ने मुल नारा अङ्गालेर अगाडि बढिरहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा आफ्नो नयाँ कार्यालय (अफिस) को स्थापना, उद्घाटन गर्ने भएका छ्न।
मे १ तारिख आईतवारको दिन बिहान ११:०० बजे राजधानी क्वालालम्पुरमा अवस्थित एनआरएनएको नयाँ कार्यालय उद्घाटन गर्ने र श्रमिक दिवस मनाउनुको साथै नेपाली नयाँ बर्ष बिक्रम सम्बत् २०७९ सालको शुभ उपलक्ष्यमा एक – आपसमा शुभकामना आदानप्रदान समेत गरिने कार्यक्रम तय भएको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बताउनुभयो।
स्मरण रहोस् एनआरएनए मलेसियाले आफ्नो स्थापनाकालदेखिनै मलेसिया कार्यरत लाखौंलाख नेपाली श्रमिक मध्यका पीडित , दुखि , जेल परेका , अपांग , बिरामी लगायतका नेपाली श्रमिकहरुलाई आर्थिक भौतिक रुपमा सहयोग गर्दै आईरहेका छ्न।
आगामी दिनमा नेपाली श्रमिकको समस्या समाधान गर्न सजिलो होस् र सहयोग पुगोस् र श्रमिकलाई उद्दार गर्न सजिलो होस् भन्ने हेतुलेनै राजधानी क्वालालम्पुरमा एनआरएनएको कार्यालय (अफिस) खोलेर उद्घघाटन गर्न लागिएको एनआरएनए मलेसिया अध्यक्ष थापाले बताउनुभयो।




















