मलेसियामा कोरोना नियम खुकुलो हुँदै, बाहिर हिलडुल गर्दा मुखमा मास्क लगाउन नपर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा पछिल्लो समय कोरोना माहामारीको त्राससंगै संक्रमित हुनेको संख्या घट्दै गैइरहेकोले मलेसिया सरकारले कोरोना माहामारी सम्बन्धि केहि नियमहरु खुकुलो बनाउने निर्ण गरेको छ।

आज आयोजित एक पत्रकार सम्मेलनमा मलेसिया सरकारको स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले बोल्दै, अबदेखि बाहिर हिलडुल गर्दा मास्क लगाउनु पर्दैन र यो नियम यहीँ बर्ष सन् २०२२ को आउँदो महिना मे १ तारिखदेखि लागू हुने बताए ।

स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले थप बोल्दै भने यदि तपाईंहरु ई-हाईलिङ , ग्रेब कार , बस यातायातका अन्य साधनसंगै सपिङमल भित्र प्रवेश गर्नुहुन्छ भने मास्क लगाउनुपर्ने हुन्छ , त्यस्तै आफू काम गर्ने ठाउँमा समेत मास्क लगाउनुपर्ने हुन्छ ,

तर बाहिरी क्षेत्रमा व्यायाम गर्दा, एक्लै ठाउँमा भएमा, खाने, पिउने, बोल्ने र प्रदर्शन गर्दा , धेरै भिडभाड नहुने लगायतका विभिन्न ठाउँमा अवस्था अनुसार अनुहारको मास्कलाई बन्द गरिएको ठाउँमा हटाउन सकिने , नलगाएपनी हुने मन्त्री जमालुद्दीनले बताए।

त्यस्तै मे १ तारिखदेखिनै लागू हुनेगरी सामाजिक दुरि कायम गर्न नपर्ने भएका छ्न। कतै प्रवेश गर्दा यदि त्यस् ठाउँमा माई सेजाहतेरा क्युआर कोड छ्न भने,, अब मे १ तारिखदेखिनै कोड स्क्यान गर्न पर्दैन । कोरोना पोजिटिभ भएका संक्रमितहरु भने ७ दिन होम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम यथावत रहनेछ्न। रिजल्ट नेगेटिभ भएपछि मात्रै नियमित काममा फर्किन मिल्नेछ्न।

त्यस्तै मे १५ तारिखदेखि मलेसियामा नाईट क्लब , डान्सबार लगायत सबै आर्थिक क्षेत्रहरु पुर्ण रुपले खोल्न र संचालन गर्न पाउने स्वास्थ्यमन्त्री जमालुद्दीनले बताए।