आजदेखि मोबाइल,गाडीदेखि मदिरा नेपाल भित्र्याउन प्रतिबन्ध [सूचनासहित]

काठमाडौं := नेपाल सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

राजपत्रमा प्रकाशित सुचनानुसार सरकारले आगामी असार मसान्तसम्मका लागि कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादनहरु, रंगीन टेलिभिजन, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, खेलौनाहरु, तास आयातमा रोक लगाएको छ । साथै, मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ आयातमा पनि मन्त्रालयले नेपाल भित्र्याउन बन्देज लगाएको छ ।

यस्ता छन् आयातमा रोक लगाइएका वस्तुको सूची

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने

८. २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

तर कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ । यस्तै वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू नहुने जनाइएको छ ।

हेर्नुहाेस्, राजपत्रमा प्रकाशित सूचनाः-