चार खेल बाँकी हुँदै पीएसजीले जित्यो लिग वान फुटबलको उपाधि।

एजेन्सी:= पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चार खेल बाँकी हुँदै लिग वानको उपाधि जितेको छ । गएराति भएको खेलमा लेन्ससँग बराबरीमा रोकिए पनि पीएसजी च्याम्पियन बनेको हो। पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।

खेलेको ६८औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर कोरेटिन जिनले खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरी गरे । यो जितसँगै च्याम्पियन बनेको पीएसजीको ३४ खेलबाट ७८ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ ।