काठमाडौं:= आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभामा कम्पनी अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बिमा प्रिमियम नौ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिइएको छ ।
कम्पनीको चुक्ता पुँजी २.५० अर्ब पुर्याउन बिमा समितिले समयसीमासमेत तोकेकाले चुक्ता पुँजीको सात प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने निर्णय पनि पारित भएको छ । सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार चार सय २० रुपैयाँ पुग्ने बताइएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ३९ करोड ९४ लाख बिमा शुल्क आर्जन गरेकोमा आव ०७७/०८७ मा एक अर्ब ५२ करोड २१ लाख बिमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा नौ प्रतिशतले बिमा शुल्क वृद्धि हुँदा चालु आवको चैतसम्म एक अर्ब २८ करोड ६१ लाख बिमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ । कम्पनीले काठमाडौं महानगरपालिका–३ पानीपोखरीको मूल सडकमा जोडिएको दुई रोपनी छ आना जग्गा खरिद गरेको छ ।




















