काठमाडौं := नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् ।
फोब्र्स पत्रिकामा नाम दर्ज गर्न सफल हाम्रो बजार डट कम र फूडमारियोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोहित तिवारीसँग केकीले विहे गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् । तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।
विवाह बन्धनमा बाँधिएको खुसीयालीमा केकीले माया गर्ने दर्शकलाई सुसमाचार सुनाउन पाउँदा अत्यत्नै गौरान्वित भएको पनि फेसबुकमार्फत भनेकी छन् ।
उलने लेखेकी छन्, ‘आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु। जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। केकी/रोहित’






















