कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाँहिदैन: नेता डा.शेखर कोइराला।

काठमाडौं:= नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गर्नुभएको छ । कमजोर नभएका कारण  कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उहाँको भनाइ छ ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट साहरा नचाहिने तर्क गर्नुभयो।  कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उहाँको भनाइ थियो ।

‘नेपाली कांग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ । कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भन्नुभयो ।
उहाँले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताउनु भयो ।

केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उहाँले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताउनु भयो। तर अहिले कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उहाँको भनाइ थियो ।