ओखलढुंगा एकता सेवा समाज मलेसियाद्वारा मृगौला पीडित मानबहादुरलाई आर्थिक सहयोग प्रदान।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= ओखलढुंगा एकता सेवा समाज मलेसियाद्वारा ओखलढुंगा सुनकोसि गाउँपालिका २ निवासी दुईवटै मिर्गौला पीडित बिरामी मान बहादुर तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ।

बिगत कैयौं बर्षदेखि मृगौला पीडित मान बहादुर तामाङ आर्थिक अभावले उपचार गराउन असक्षम रहेका छ्न। उनको स्वास्थ्य उपचारमा थोरै भएनी सहयोग पुगोस् भन्ने हेतुले देशदेखि मलेसियामा कार्यरत रहेका नेपाली समाजसेवी मनका धनीहरुसंग सङ्कल गरिएको नेपाली रु. ८१ हजार रकम सहयोग हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ।

समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र समाजको सह-सचिब सुनिल बुढाथोकी ले सो आर्थिक सङ्कलन अभियान सञ्चालन गर्नुभएको थियो। उक्त रकम मलेसियाबाट नेपाल छुट्टिमा गएका सस्थाका अध्यक्ष क्ष्रेष्ठ र सह-सचिब बुढाथोकी आफैंले निजको घरमा पुगेर सहयोग रकम दिनुभयो।

साथै सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा ओखलढुंगा एकता सेवा समाज नेपालका केन्द्रिय अध्यक्ष सुजन घिमिरे समेत उपस्थित भएका थिए।