तनहुँ := कलाकार पल शाहले ब ला त्का र गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि ब ला त्का र नभएको बयान दिएकी छन् ।
ना बा लि का को पक्षबाट मुद्दा ल’डिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्र’लोभन देखाएपछि उनले बयान फेरेकी हुन् । अदालत समक्ष उनले शाहले आफूलाई क र णी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उ’क्साहटमा जाहेरी दिएको बताएकी छन् ।
‘केही दिन पहिले पल शाहकी बहिनीले गायिका र उनको परिवारलाई भेटिछन् । ध’रधरी रोएर ‘मेरो दाइलाई छु’टाइदिनुस्, दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो’ भनिछन्,’ ती कानुन व्यवसायीले भने, ‘परिवारको र ना बा लि का को पनि मन प’ग्लिएछ क्यारे ।
बिहान अदालन जाने बेला बयान फेर्दैनौं भनेरै गएका हुन् ।’ ज ब र्ज स्ती क र णीको मुद्दामा जा’हेरीकर्ता बयान फेर्दा हुने कानुनी कारबाहीको बारेमा ना बा लि का र उनको परिवारलाई पटकपटक स’म्झाइबुझाई गरे पनि अहिले बयान फेर्नुले आफूलाई समेत अचम्मित तु’ल्याएको ती कानुन व्यवसायीले बताए ।
अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नि’यालेका कानुन व्यवासायीका अनुसार द’बाब र प्र’लोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । बा’लिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी छ ।बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ ।
पी’डितहरुले द’बाबमा परेर बिगतमा पनि अदालतमा बयान फेरेका घटना छन् । अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छि’नोफानोमा मूल प्रमाण मान्ने गरेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार ज ब र्ज स्ती क र णी गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए ।
जा’हेरीमा म्युजिक भिडियो सु’टिङका क्रममा पटकपटक क र णी प्रयास गरेको र विवाहको प्र’लोभन देखाई तनहुँमा क र णी गरेको उल्लेख गरिएको थियो । तनहुँमा क र णी हुँदा उनी १६ वर्ष मुनि रहेको जा’हेरीमा उल्लेख थियो ।जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए ।
कि’शोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो ।
उनीविरुद्ध त्यहाँ पनि ज ब र्ज स्ती क र णी को मुद्दा दर्ता भइसकेको छ ।शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अ’भियोगपत्र दर्ता गरेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला का’रागार चलान भएका थिए ।
ज ब र्ज स्ती क र णी मुद्दामा म’तियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् । पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । कान्तिपुर




















